गुजरात र हिमाञ्चलमा भाजपाले सरकार बनाउने – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

गुजरात र हिमाञ्चलमा भाजपाले सरकार बनाउने

गुजरात । भारतको गुजरात राज्यमा फेरि पनि भारतीय जनता पार्टी (भाजपा) ले सरकार बनाउने देखिएको छ । दुई चरणमा भएको विधानसभा चुनावको मतगणना सोमबार भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले सबैभन्दा धेरै सिट जितेको हो । एक सय ८२ सिटका लागि भएको चुनावमा गएको २२ वर्षदेखि सत्तामा रहेको भाजापाले ९९ सिट जितेको छ ।

भाजपा विजयी धेरै सिटमा विजयी भएपनि उसले सन् २०१२ चुनावमा जति सिट जित्न भने सकेको थिएन । राहुल गान्धीको फेरिको चुनाव प्रचार शैली र भाषणको प्रभाव तथा युवा नेताका कारण कांग्रेसले भाजपासँगको दूरी कम गर्न सफल भएको हो । कांग्रेसले गुजरात विधानसभाका ७७ सिटमा जित हाँसिल गरेको छ । भाजपाले स्पष्ट बहुमत ल्याए पनि कांग्रेसले चार वर्षअघिको चुनावमा भन्दा १६ सिट बढी जितेको छ ।
सन् २०१२ मा कांग्रेसले ६१ सिट जितेको थियो भने भाजपाले एक सय १७ सिट जितेको थियो । गुजरातको कुल एक सय ८३ विधानसभा सिट मध्ये एक सय ८२ का लागि चुनाव भएको हो । एक सिटमा मनोनयन गर्ने व्यवस्था रहेको छ । यस्तै हिमाञ्चलमा पनि बिजेपीले सरकार बनाउने भएको छ । ६८ विधानसभा सिट रहेको हिमाञ्चलमा बिजेपीले ४४ तथा कांग्रेसले २१ सिट जितेको छ ।

सम्बन्धित समाचार

साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
  • २०७४ पुष १०, ०८: ४२

काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०७४ पुष १०, ०८: ४२

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
  • २०७४ पुष १०, ०८: ४२

काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...