अर्थबाट स्वीकृत प्रहरीको त्यो प्रस्ताव किन अड्कियो गृहमा ? – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

अर्थबाट स्वीकृत प्रहरीको त्यो प्रस्ताव किन अड्कियो गृहमा ?

FILE PHOTO

काठमाडौं । नेपाल प्रहरीमा तल्लो तहमा ३ पद थप्ने प्रस्ताव अहिले आएर गृह मन्त्रालयमा अड्किएको छ । ०७७ चैतमा प्रहरी प्रधान कार्यालयले पेश गरेको प्रहरी नियमावली–०७१ लाई संशोधन गरेर पद थप्ने प्रस्तावमा कुनै निर्णय हुन सकेको छैन ।

सानो दर्जामा वरिष्ठ हवल्दार, सहायक हवल्दार र बरिष्ठ प्रहरी नायव निरीक्षक गरी तीन पद थप्न प्रस्ताव गरिएको हो। प्रहरीको उक्त प्रस्ताव भने अर्थ मन्त्रालयले स्वीकृति गरिदिएको छ । अर्थबाट स्वीकृत भएर गएको सो प्रस्ताव गृहमा पुगेको छ । तर, गृह मन्त्रालयले भने उक्त प्रस्तावलाई अड्काइ दिएको छ ।

तीनवटा पद थप्दा राष्ट्रले १९ करोड आर्थिक भार खेप्नु पर्ने अर्थ मन्त्रालयका अधिकृतको भनाइ छ । ती अधिकृतका अनुसार पद थप्ने प्रस्तावमा लोकसेवा आयोगको परामर्श लिएर गृह मन्त्रालयले अन्तिम मस्यौदाका लागि कानुन मन्त्रालयमा पठाउन बाँकी रहेको छ ।

कानुन मन्त्रालयले अन्तिम मस्यौदा पठाएपछि गृहले प्रहरी नियमावली–२०७१ लाई संशोधन गर्न मन्त्रिपरिषद्मा लैजानुपर्छ ।

सम्बन्धित समाचार

बर्दघाटको ‘यस मोड’ मा सुदूरपश्चिम यातायातको बस पल्टियो, चालक र सहचालकसहित ७ जना घाइते
बर्दघाटको ‘यस मोड’ मा सुदूरपश्चिम यातायातको बस पल्टियो, चालक र सहचालकसहित ७ जना घाइते
  • २०७८ कार्तिक ११, १२: ३६

बर्दघाट — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित ‘यस मोड’ नजिकै सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा चालक र...

यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
  • २०७८ कार्तिक ११, १२: ३६

  १. भदौ १०को महाविपत्ति चाहे त्यो हिमालको भयानक हिमाली चट्टान तल ल्हेन्दे नदीमा बज्रेर होस् या भूकम्पीय झड्काले हिमनदी...

यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
  • २०७८ कार्तिक ११, १२: ३६

  १. श्रावण १०पछि देखिएको अभूतपूर्व राष्ट्रिय एकता सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा सामान्य वादविवादपछि जुन प्रकारले परिस्थिति हिन्दु मुस्लिम...