पूर्ण बहादुरको सारङ्गी’का निर्माताले ‘अभिमन्यु’ बनाउने – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

पूर्ण बहादुरको सारङ्गी’का निर्माताले ‘अभिमन्यु’ बनाउने

काठमाडौँ  । चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरिएको छ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका हुन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । यो चलचित्र आगामी साउन २४ गते रिलिज हुनेछ ।विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्ने छन् । मुकेश खनालले कथा रहनेछ । चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह–निर्मातामा रमेश चौलागाइ र हरि श्रेष्ठ छन् । निर्माणपक्षले चलचित्रको कलाकारबारे जानकारी गराएको छैन ।

नयाँ अथवा गुमनाम अुनहारमार्फत नयाँ कथा भन्दा दर्शकलाई कथा कन्भिन्स गर्न सहज हुने धारणा राख्ने पौडेलले सोही अनुसार कलाकार अनुबन्ध गराउने सम्भावना छ ।निर्माता पौडेल फरक धारका फिल्म बनाउन रुचाउने भएकाले ‘अभिमन्यु’मा स्टार कलाकार भन्दा पनि नयाँ अनुहारलाई प्राथमिकता दिने बताइन्छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८१ फाल्गुन १८, १४: १७

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८१ फाल्गुन १८, १४: १७

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८१ फाल्गुन १८, १४: १७

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...