गुरु पूर्णिमाको अवसरमा नेपाल पूर्व प्रहरी कलाकार संघद्वारा चार व्यक्तित्व सम्मानित – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

गुरु पूर्णिमाको अवसरमा नेपाल पूर्व प्रहरी कलाकार संघद्वारा चार व्यक्तित्व सम्मानित


काठमाण्डौ । “सानालाई माया ठूलालाई सम्मान,लोक संस्कृति बचाउने हाम्रो अभियान” भन्ने मूल नाराका साथ नेपाल पूर्व प्रहरी कलाकार संघको आयोजनामा साहित्यिक सांगीतिक र हास्य क्षेत्रका मूर्धन्य गुरुहरू चेतन कार्की,गोपाल योञ्जन, राजपाल थापा र ध्रुव हाडाको नाममा स्थापना गरिएको सम्मान पुरस्कार वितरण गरिएको छ ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा वितरण गरिएको सो सम्मान कार्यक्रममा प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्य तथा कलाकार हरिहर शर्मा,मदनकृष्ण श्रेष्ठ,भुवनचन्द थापा,गौरी मल्ल र पूर्व आइजिपी मोतीलाल बोहराको आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा गोपाल योञ्जन सङ्गीत साधना पुरस्कार सङ्गीतकार प्रकाश गुरुङलाई,चेतन कार्की गीति वाङ्मय सम्मान पुरस्कार गीतकार रमण घिमिरेलाई ,नृत्य साधना सम्मान पुरस्कार नृत्य निर्देशक एवम् कोरियोग्राफर वसन्त श्रेष्ठलाई, र राजपाल थापा ,ध्रुब हाडाको नाममा स्थापित हाडा एण्ड पाल हास्य सम्मान हास्य अभिनेत्री वसुन्धरा भुषाललाई प्रमुख अतिथि लगायत अतिथिहरुले संयुक्त रुपमा प्रदान गरेका थिए ।

प्रथम वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रममा संघका वरिष्ठ सल्लाहकार कलाकार मिथिला शर्मा बोहराले गुरु दक्षिणा स्वरूप स्थापित सम्मानको बारेमा र आफ्ना गुरुहरूका बारे धारणा राखेकी थिइन् ।
प्रमुख अतिथि आइजिपी दिपक थापाले प्रहरी कलाकारले गरेको यो गुरुभक्ति र सम्मान प्रशंसायोग्य छ। यसमा प्रहरी संगठन र व्यक्तिगत रुपमा आफ्नो वचतबाट कोषको लागि सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

सङ्गीतकार प्रकाश गुरुङ हाल विदेशमा रहेकाले उनको सम्मान उनका छोराले ग्रहण गरेका थिए । भने सम्मानित व्यक्तित्वका तर्फबाट कलाकार वसुन्धरा भुषालले बोल्दै आफ्ना कलाकारी जिवनको आरोह अवरोहमा महेन्द्र पुलिस क्लबको यो मञ्चले उल्लेखनीय भूमिका निभाएको स्मरण गर्दै यही मञ्चमा सम्मानित हुन पाउँदा अत्यन्त पुलकित भएको बताइन् ।

कलाकारहरुद्वारा साङ्गीतिक प्रस्तुति सहितको दोस्रो चरणको कार्यक्रममा कौरा नाच, राष्ट्रिय गीत,कमेडी प्रहसन,गीत प्रस्तुत गरी कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको थियो ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८२ असार २७, ०७: २७

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८२ असार २७, ०७: २७

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८२ असार २७, ०७: २७

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...