
नयाँ विकल्प,
काठमाडौं –राजधानी काठमाडौं उपत्यकाका तीन जिल्लामा शुक्रबार थप चार सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौं जिल्लामा तीन सय ५० जना, ललितपुर जिल्लामा ११ जना र भक्तपुर जिल्लामा ५४ जना गरी जम्मा चार सय १५ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
काठमाडौं उपत्यकामा विहीबार मात्रै तीन सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंका २७०, ललितपुरका ६६ र भक्तपुरका ४१ जना थिए ।
शुक्रबार काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा गरी नौ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार दुई सय २९ वटा स्वाब परीक्षण हुँदा नौ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ३६ हजार चार सय ५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई एक सय ६९ जना डिस्चार्ज भएका छन् भने शुक्रबारसम्म निको हुनेको संख्या २० हजार दुई सय ४२ रहेको छ । हाल १६ हजार १९ जना आइसोलेसनमा बसीरहेका छन् ।
काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...