गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

दोधारा चाँदनी : गृहमन्त्री रमेश लेखकले आज कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

यसै साता आएको बाढीले जोबगुढा नदीको बाँध भत्किएर बस्ती बाढी पस्दा दोधारा चाँदनी नगरपालिकाका पटराखल्ला, सुन्दरबस्ती रामपुरे टापु र जर्गाका ५७ घर डुबानमा परेका थिए भने एक सय ५० बढी नागरिक विस्थापित भएका थिए । उक्त बाँध भत्किएको क्षेत्रको स्थलगत अवलोकन गर्दै गृहमन्त्री लेखकले जोगबुढा नदीबाट बस्ती जोगाउन चालु आर्थिक वर्षमा तटबन्ध निमार्ण गर्नेगरी बजेट विनियोजन भइसकेको जानकारी दिए ।

“महाकाली र जोगबुढा नदीको बाढी र डुबानका कारण दोधारा चाँदनीमा हरेक वर्ष प्रभावित हुँदै आएको छ”, उहाँले भन्नुभयो, “बाढीबाट दोधारा चाँदनी जोगाउनका लागि महाकाली र जोगबुढा नदीका अधिकांश स्थानमा तटबन्ध निमार्ण भइसकेको छ, बाँकी रहेका ठाउँमा पनि तटबन्ध निमार्ण गर्न बजेट विनियोजन भएकाले चालु आवभित्र काम हुन्छ ।” कुनै बेला आकाशमा बादल देख्ने बित्तिकै बाढीको त्रासमा बस्नुपर्ने यहाँका बासिन्दा अहिले तटीय क्षेत्रमा बाँध बनेपछि सुरक्षित बनेका गृहमन्त्री लेखको भनाइ छ ।

यसैबीच, गृहमन्त्री लेखकसँग बाढी विस्थापित नागरिकले गृहमन्त्री लेखकसँग सरकारले राहतभन्दा पनि बस्ती जोगाउन तटबन्ध निर्माण गर्नुपर्ने माग गरेका छन् । जोगबुढा नदीको बाढीले दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलका २५ घर डुबानमा परेका छन् । त्यसैगरी दोधारा चाँदनी–३ स्थित पटराखल्लाका १५ घर र दुईवटा सशस्त्र प्रहरीका बिओपीसमेत विस्थापित भएका थिए ।

सम्बन्धित समाचार

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०८२ भाद्र २१, १९: ५३

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०८२ भाद्र २१, १९: ५३

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...

कांग्रेसलाई नयाँ ढाँचामा अघि बढाउने सभापति थापाको योजना, नियमित कामबाट अलग रहेर देश दौडाहामा जाने
कांग्रेसलाई नयाँ ढाँचामा अघि बढाउने सभापति थापाको योजना, नियमित कामबाट अलग रहेर देश दौडाहामा जाने
  • २०८२ भाद्र २१, १९: ५३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा छुटेका योग्य नेताहरूलाई समेट्दै संगठनलाई थप प्रभावकारी बनाउने बताएका छन्।...