सञ्चालनमा आयो जनमैत्री अस्पताल – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper
नयाँ विकल्प डटकमको ‘निजी अस्पतालको वेथिति’ समाचार प्रभाव

सञ्चालनमा आयो जनमैत्री अस्पताल

कामनापा १६ बालाजुस्थित जनमैत्री अस्पताल



नयाँ विकल्प,
काठमाडौं – राजधानीको बालाजुमा रहेको जनमैत्री अस्पताल सोमबारदेखि पुनः सञ्चालनमा आएको छ ।

सरकारले जनमैत्रीलाई तत्कालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेअनुसार सोमबारबाट एक सय शैया क्षमताको कोभिड अस्पताल सञ्चालनमा आएको हो ।

वडाध्यक्ष रिजालले स्वास्थ्यकर्मीहरुलाई सोमबार पुष्पगुच्छाले स्वागत गरेका छन् । काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पहलमा स्वास्थ्य मन्त्रालयले जनमैत्रीलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अस्पताल संचालकबीचको स्वामित्व विवाद र घाटा भएपछि अस्पताल संचालनमा थिएन ।


कोभिड अस्पतालको जनशक्तिको रुपमा आएका डाक्टर तथा नर्सलाई स्वागत गर्दै वडाध्यक्ष रिजालले कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्र्मीलाई देशका विभिन्न स्थानमा दुव्र्यवहारका घटना भइरहेको बेला स्वास्थ्यकर्मीकाे महत्व र आवश्यकता बुझाउन वडाले सम्मान गरेको रिजालले बताए ।

विश्वप्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण काठमाडौं उपत्यका प्रभावित भएर संक्रमितले उपचार पाउन नसकेको भन्दै वडाले साउन २९ गते अस्पताल व्यवस्थापनसहित स्वास्थ्य मन्त्रालयलाई अस्पताल खुवाउन आग्रह गर्दै पत्राचार गरेको थियो ।


अस्पताल सञ्चालको लागि आवश्यक सम्पूर्ण खर्च स्वास्थ्य मन्त्रालयले गरेको बताइएको वडाध्यक्ष रिजालले वताए । २०७२ सालको भूकम्पयता जनमैत्री अस्पताल बन्द अवस्थामा रहेको थियो ।

निजी अस्पतालकाे बेथितिकाे सन्दर्भमा जनमैत्री अस्पताल संचालककाे विवादकाे कारणा बन्द भएकाे बारेमा नयाँ विकल्प डट कमले समाचार प्रकाशित गरेकाे थियाे ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
  • २०७७ भाद्र १५, १६: ४३

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
  • २०७७ भाद्र १५, १६: ४३

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...

आज यी स्थानमा भारी वर्षाको सम्भावना
आज यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ भाद्र १५, १६: ४३

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून...