

नयाँ विकल्प,
काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण नेपालमा सोमबार चार वर्षे वालिकासहित थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या दुइ सय २८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङमा महोत्तरीकी ४ वर्षे बालिकासहित ७ जनाको मृत्यु भएको छ । महोत्तरीकी ४ वर्षे बालिका, गोरखाकी ६५ वर्षे महिला, रुपन्देहीकी ६८ वर्षे महिलाको पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएको हो ।
प्रवक्ता गौतमका अनुसार झापाका ८६ वर्षे, पुरुष, रौतहटका ४० वर्षे पुरुष, चितवनका ७८ वर्षे पुरुष र भक्तपुरका ७७ वर्षे पुरुषको कोरोनाले मृत्यु भएको हो ।
आइतबार मात्र कोरोनाले एकैदिन ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको थियो ।
उपत्यकामा २ सय ९८ लाई कोरोना देखियो ।
काठमाडौं उपत्यकामा सोमबार दुई सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा एक सय ९०, ललितपुरमा ६७ जना र भक्तपुरमा ४१ जना गरी जम्मा दुई सय ९८ जना कोरोनाका संक्रमित थपिएका छन् ।
आइतबार काठमाडौंमा तीन सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी जम्मा चार सय २९ जना संक्रमित थपिएका थिए ।
काठमाडौं उपत्याकासहित आज नेपालमा थप आठ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३९ हजार चार सय ६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप पाँच सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २१ हजार चार सय १० पुगेको छ ।
आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार अाठ सय २२ थियो ।
मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई सय २१ पुगेको थियो । आज थप ७ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या दुई सय २८पुगेको छ ।
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...