शाक्यको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

शाक्यको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं।नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाइएको विषयमा हितेन्द्रदेव शाक्यले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। शुक्रबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासले शाक्यको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सर्वोच्चको आदेशमा ‘उल्लेखित मुद्दाहरूको अन्तरवस्तु र प्रस्तुत रिट निवेदकको तथ्य, कानूनी प्रश्न लगायतका विषयहरू समान भएको र प्रस्तुत रिट निवेदनमा अन्तरिम आदेशको माग गरेको  विषयमा प्रस्तुत मुद्दाको अन्तिम सुनुवाइ र निर्णय हुँदा रिट निवेदकले उठाएको संवैधानिक एवं कानुनी प्रश्नमा आवश्यक व्याख्या भई निरूपण र सम्बोधन हुन सक्ने विषय देखिएसमेतबाट ती सम्पूर्ण मुद्दाहरू र प्रस्तुत मुद्दा समेतसाथै राखी निर्णय गर्नु उपयुक्त र आवश्यक हुँदा हाल निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्नु परेन,’  भनिएको छ।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०८२ कार्तिक २२, ०६: १३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०८२ कार्तिक २२, ०६: १३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८२ कार्तिक २२, ०६: १३

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...