दाहालको निधनमा कांग्रेसको शोक प्रस्ताव पारित, तीन दिन झन्डा आधा झुकाउने – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

दाहालको निधनमा कांग्रेसको शोक प्रस्ताव पारित, तीन दिन झन्डा आधा झुकाउने

काठमाडौं।नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ।शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो।

प्रस्तावअनुसार आजदेखि तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने र आइतबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय भएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन्।कार्यवाहक सभापति खड्काकाअनुसार पार्टीले स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने, १३ औं दिनमा ओखलढुंगामा शोक सभाको आयोजना गर्ने प्रस्ताव पारित भएको छ।

दाहाल २०५६ को आम निर्वाचनमा ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर एकबाट नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए।साथै उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०८२ पुष २६, १८: ५८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०८२ पुष २६, १८: ५८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८२ पुष २६, १८: ५८

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...