
नयाँ विकल्प,
काठमाडाैं-महानगरीय प्रहरी परिसर काठमाडाैंले नक्कली सुन प्रकरणमा जाेडिएका थप दुइ सुन ब्यापारीलाइ नियन्त्रणमा लिएकाे छ ।
प्रहरीका अनुसार सुन्धाराबाट बरामद साढे १५ किलो नक्कली सुन तस्करी प्रकरणमा संलग्न न्युरोडस्थित अष्टमंगल ज्वेलर्सका विजय ताम्राकार र लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय पक्राउ परेका हुन् ।
परिसरको टोलीले उनीहरूलाई कहि दिन पहिले न्युरोडबाट पक्राउ गरि गाेप्य रूपमा अनुसन्धान सुरू गरेकाे थियाे । प्रहरीका अनुसार पक्राउ परेका दुवैजना नक्कली सुन प्रकरणमा सुनको जलप लगाउने काममा संलग्न रहेकाे खुलेकाे छ ।
प्रहरीका अनुसार सुन तस्करीका मुख्य आरोपित बारा परवानीपुरका ३८ वर्षीय इल्ताफ हुसेन अन्सारीले उक्त आधा किलो सुन लक्की ज्वेलर्सका म्यानेजर श्रीनिवाससँग खरिद गरेका थिए ।
श्रीनिवासले अष्टमंगल ज्वेलर्सका म्यानेजर विजयसँग र विजयले नेपाल राष्ट्र बैंकबाट उक्त सुन खरिद गरेकाे प्रहरीले जनाएकाे छ ।
उक्त प्रकरणका उल्फात हुसेन गत साउन २९ गते बाराबाट पक्राउ परेका थिए ।
प्रहरीले यस प्रकरणमा इल्ताफसहित निलेश सखिया, विजय पटेल, मनीष मल्लिक, कौशल पटेल, दिवाङ पटेल तथा प्रहरी जवानहरू बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठलाई पक्राउ गरिसकेको छ । उनीहरूविरुद्ध संगठित अपराध र हातहतियार तथा खरखजाना कसुर अन्तर्गत म्याद थप भई अनुसन्धान जारी छ ।
यस प्रकरणमा जोडिएका न्युरोडकै हुन्डी व्यापारी विकास अग्रवाल र सञ्जय पटेल भने फरार छन् ।
काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...
काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...