देउवाको प्रतिक्रिया- सम्पत्तिसम्बन्धी विषय भ्रामक र झुटा प्रचारबाजी – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

देउवाको प्रतिक्रिया- सम्पत्तिसम्बन्धी विषय भ्रामक र झुटा प्रचारबाजी

काठमाडौँ : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र परिवारका सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको भन्ने विषयमा स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत उक्त जानकारी थाहा पाएको उल्लेख गर्दै उनले यससम्बन्धी प्रचारप्रसार भ्रामक र आधारहीन रहेको बताएका छन् ।

देउवाले प्रचलित कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा पेश गरिएको जनाएका छन् । लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शितामा आधारित प्रणालीप्रति आफ्नो निरन्तर प्रतिबद्धता रहेको उल्लेख गर्दै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्ने धारणा उनले राखेका छन् ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका क्षेत्रमा आफ्नो भूमिका स्मरण गर्दै उनले गृहमन्त्री हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ ल्याउन अग्रसर भएको तथा प्रधानमन्त्रीका रूपमा भ्रष्टाचार निवारण ऐन २०५९ कार्यान्वयनमा ल्याइएको उल्लेख गरेका छन् ।

हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै देउवाले वास्तविकता समयक्रमसँगै स्पष्ट हुँदै जाने बताएका छन्। उनले अतिरञ्जित विवरणका आधारमा भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०८२ चैत्र २५, १९: ५०

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०८२ चैत्र २५, १९: ५०

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...

आज बडादसैँको महाअष्टमी: देशभर शक्तिस्वरूपा महागौरी देवीको पूजा आराधना गरिँदै
आज बडादसैँको महाअष्टमी: देशभर शक्तिस्वरूपा महागौरी देवीको पूजा आराधना गरिँदै
  • २०८२ चैत्र २५, १९: ५०

काठमाडौँ — नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल...