प्रहरी कार्यालयमा आईजीपीकाे फोटो झुण्ड्याउने प्रचलन तोडियो – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

प्रहरी कार्यालयमा आईजीपीकाे फोटो झुण्ड्याउने प्रचलन तोडियो


नयाँ विकल्प,
काठमाडौं – नेपाल प्रहरीका हरेक कार्यालयको बाहिर वा कार्यालय प्रमुखको कार्यकक्षमा संगठनका प्रमुख अर्थात प्रहरी महानिरिक्षकको फोटो झुण्ड्याउने प्रचालन अन्त्य भएको छ ।

दुई महिनाअघि प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका शैलेश थापा क्षेत्रीले प्रहरी कार्यालयहरुमा आफ्नो फोटो फोटो झुन्ड्याउनको लागि फोटोको साईज उल्लेख गरी परिपत्र नगर्दा यस्तो प्रचलनको अन्त्य भएको हो ।

आईजीपी थापाले आफ्नै कार्यकक्षमा समेत फोटो झुन्ड्याएका छैनन् । मुलुकभरका कुनै पनि प्रहरी इकाइमा विगत दुई महिनादेखि प्रहरी महानिरिक्षकको फोटो झुण्ड्याइएको छैन् ।

प्रत्येक पल्ट आईजीपी परिवर्तन हुनासाथ सचिवालयले परिपत्र गरी देशभरका प्रहरी कार्यालयलाई फोटोको साईजसहित कार्यकालभर फोटो झुण्ड्याउन निर्देशन दिने गरिन्थ्यो । तर महानिरिक्षक भएका क्षत्रीले व्यक्तिको फोटो झुण्ड्याउने प्रथालाई उचित मानेका छैनन् ।

प्रहरीका प्रवक्ता एसएसपी कुवेर सिंह कडायतले सचिवालयबाट यसअघि यति साईजको फोटो राख्ने भनेर परिपत्र जारी भए पनि यस पटक त्यस्तो परिपत्र नभएको जानकारी दिए । राष्ट्रप्रमुखको तस्वीर कार्यालय प्रमुखले आफ्नो कार्यकक्षमा राख्ने प्रचलन छ ।

कतिपयले सरकार प्रमुखको तस्वीर सरकारी कार्यालयमा इच्छा बमोजिम राख्छन् । प्रहरीमा पनि आइजीपीको तस्वीर राख्ने गरिन्छ । तर आईजीपी क्षत्रीको आफ्नो फोटो नझुण्ड्याउने चलनको धेरैले स्वागत गरेका छन् ।

हलो जोतेको किसानको तस्वीर भित्तामा झुण्ड्याएर त्यससैको आधारमा विकासको योजना राष्ट्रिय योजना आयोगले बनाउनु पर्ने निर्देशन मुलुकका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले दिएका थिए ।

आइजीपी क्षत्रीको यस्तो कदमले संगठनमा व्यक्ति भक्ति, व्यक्ति पुजाको प्रथा र संस्कारको अन्त्य गर्ने राम्रो परिपाटीको शुरुआत गरेका छन् ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ भाद्र २९, १५: ५१

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०७७ भाद्र २९, १५: ५१

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ भाद्र २९, १५: ५१

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...