

नयाँ विकल्प,
काठमाडौं – नेपालमा कोराना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या तीन सय ७१ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार चार सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार सात सय ८८ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार चार सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५६ हजार सात सय ८८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार सात सय ७९ पुगेको छ ।
यस्तै, राजधानी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा छ सय ७६ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा पाँच सय ५५ जना, ललितपुर जिल्लामा ३५ जना र भक्तपुरमा ८६ जना थप संक्रमित पछिल्लो २४ घण्टामा पुष्टि भएको हो ।
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...