ललितपुर कांग्रेसमा जरा अभियानको तीव्रता, ७१ वटै वडामा प्रतिनिधि खटाइयो – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

ललितपुर कांग्रेसमा जरा अभियानको तीव्रता, ७१ वटै वडामा प्रतिनिधि खटाइयो

ललितपुर । नेपाली कांग्रेस ललितपुरले यही १ गतेवाट ललितपुरमा पार्टी संगठन सुद्धीकरण तथा संगठन विस्तारको लागि जरा अभियान अन्तर्गत जिल्ला, प्रदेश र वडा तहसम्मै संगठन सुद्धिकरणको काम सुरु गरेको छ ।

क्षेत्रगत अन्तक्र्रिया पश्चात आइतबार १३ गते तेस्रो पटक जिल्ला कार्यसमिति ललितपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री उदय शम्शेर राणाको प्रमुख आतिथ्यमा केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि राजनकुमार केसी, केन्द्रीय प्रतिनिधि मनकुमारी गुरुङ तथा केन्द्रीय प्रतिनिधि रिता ढकाल, नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य धना खतिवडा, बागमति प्रदेशका माननीय एवं पूर्वमन्त्री मिनकृष्ण महर्जन, बागमति प्रदेशका उपसभापति चन्द्र महर्जन, प्रदेश सहमहामन्त्री ऋषिराम घिमिरे, जिल्ला कमिटीका पदाधिकारी एवं महाधिवेशन महासमिति सदस्य, प्रदेश सभापति लगायत कांग्रेसका वडा तहदेखि जिल्ला तहमा काम गरिसकेका नेताहरु र कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरु निकै कम भएको र विषयवस्तु बाहेक अन्य कुराहरु नगर्ने र पार्टीले कार्यक्रम गर्दा मोडालिटी नै परिवर्तन गरेर लैजाने क्रम सुरु भएको हुँदा पार्टीका शीर्ष नेताहरु बाहेक आशनग्रहणको क्रममलाई ललितपुर जिल्लाले स्थगन गर्दै कार्यक्रमलाई नयाँ पन दिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यलयले नै कांग्रेसको कार्यक्रम गर्दा प्रमुख वक्ता र अध्यक्षता गर्ने व्यक्तिमात्रै मञ्चमा राखेर कार्यक्रम गर्नुपर्ने नियमहरु निर्माण गर्न लागेको केन्द्रीय सदस्य एवं ललितपुर जिल्लाको केन्द्रीय प्रतिनिधि राजनकुमार केसीले बताए ।

जरा अभियानले पार्टीमा नयाँ रक्तसञ्चार हुने र पार्टी नेतृत्व वर्गले सिधै क्रियाशीलसम्म सम्पर्क, सुझाब र पार्टीगत संगठन मजबुद बनाउनका लागि पनि जरा अभियान अपरिहार्य भएकोले ७१ वटै वडामा जिल्लाले पठाएको प्रतिनिधिहरुले सात दिन भित्र क्रियाशील सदस्यता आवधिक गराइदिनुहुन अनुरोध गरेका छन् ।

त्यसैगरी, प्रमुख वक्ता नेपाली कांग्रेसका सहमहामन्त्री उदय शम्शेर राणाले पार्टीलाई नयाँ ढंगबाट सञ्चालन गर्नुपर्ने र परिवर्तित अवस्थामा डेटा बेसमा काम गर्नुपर्ने बाध्यकारी भएको हुँदा ललितपुर जिल्लाले क्रियाशील सदस्यता अद्यावधिक तिव्र गतिमा लैजाने विश्वास व्यक्त गरे ।

 

कार्यक्रममाथि प्रकाश पार्दै ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठले निर्वाचनमा भोगेका र कांग्रेस सुदृढीकरणका लागि आफुले जस्तोसुकै कदम उठाउनुपरे पनि पछि नहट्ने बताए । उक्त कार्यक्रम सञ्चालन जिल्ला सचिव वशिष्ठ अधिकारीले सञ्चालन गरेका थिए भने नेपाली कांग्रेस जिल्ला प्रचार विभाग प्रमुख राजकुमार थापाले सहजीकरण गरेका थिए ।

त्यसैगरी, समग्र नेपाली कांग्रेसको क्रियाशील सदस्यता डेटाबेसमा जैलाने काममा लागेका आईटी इन्जिनियर दिपेश विष्ट र जिल्लाका आइटी प्रमुख उपेन्द्र अर्यालले प्राविधिक कुराहरु सिकाउनुका साथै डेटाबेसको बारेमा प्रकाश पारेका थिए ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८३ बैशाख १३, १७: ४५

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८३ बैशाख १३, १७: ४५

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८३ बैशाख १३, १७: ४५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...