डाक्टर गाेविन्द केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

डाक्टर गाेविन्द केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग


नयाँ विकल्प
काठमाडाैं- जुम्लामा १९ औँ अनसन शुरु गरेका डाक्टर गाेविन्द केसीकाे शुक्रबार अनसनकाे शुक्रबार पाचाै दिन पुगेकाे छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसीले गत भदाैं २९ देखि जुम्ला सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका– ६ रानीचौरको बाबिरा मन्दिरको धर्मशालाबाट १९ औँ अनसन शुरु गरेका थिए ।

अनसनरत केसीकाे जिवनरक्षाकालागि नेपाल चिकित्सक संघले माग गरेको छ ।

यसअघि १६ असार ०७५ मा पनि उनी जुम्लामा १६औँ सत्याग्रह बसेका थिए । यसअघि भएका सम्झौता पालना नगरेका कारण पछिल्लाे समय काेराेना महामारी फैलिएकाे भन्दै थप संघर्ष गर्नु परेकाे केसीले जनाएका छन् । संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “गुस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति नेपाल सरकारले गम्भिर रुपमा मनन गरी अबिलम्ब बार्ताद्वारा जायेज मागहरुको सम्बोधन गर्दै उहाँको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।”

केसी संघका आजीवन सदस्य समेत रहेका छन् । विभिन्न माग राख्दै उनी ६० बर्ष पुरा गरिसकेका एक जना चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा सर्व साधारण नागरिकहरुको सहज पहुँचका लागि विभिन्न माग राख्दै पटक पटक सत्याग्रह गर्नु परेको र हाल नेपाल सरकारले गरेका सम्झौताहरुको अक्षरस कार्यान्वयन नभएको भनी १९ औं पटकको सत्याग्रहमा होमिन बाध्य भएको समेत संघले जनाएको छ । केसी जुम्लाबाट सत्याग्रह सुरू गरेकाे याे दाेस्राे पटक हाे ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ आश्विन २, १४: ००

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ आश्विन २, १४: ००

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ आश्विन २, १४: ००

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...