साफ महिला च्याम्पियनसिप : सेमिफाइनलबाट बाहिरियो नेपाल – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

साफ महिला च्याम्पियनसिप : सेमिफाइनलबाट बाहिरियो नेपाल

काठमाडौँ : साफ महिला च्याम्पियनसिपअन्तर्गतको सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

बुधबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपाल २-१ गोलअन्तरले पराजित भएको हो । निर्धारित समयसम्म बराबरीतर्फ उन्मुख देखिएको खेलमा नेपालले अतिरिक्त समयमा गोल खाएपछि फाइनल पुग्ने अवसर गुमाएको हो ।

खेलको २२औँ मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । दीपा शाहीले प्रहार गरेको कर्नरलाई सदुपयोग गर्दै उनले टोलीलाई सुरुआती अग्रता दिलाएकी हुन् ।

पहिलो हाफमा अग्रता कायम राखेको नेपालले दोस्रो हाफको सुरुवातमै बराबरी गोल बेहोर्न पुग्यो । ४६औँ मिनेटमा बंगलादेशकी ऋतु पोर्ना चक्माले कर्नरबाटै सिधा गोल गर्दै खेललाई १-१ को अवस्थामा पुर्‍याइन् ।

खेलको अन्त्यतिर दुवै टोलीले निर्णायक गोलको खोजी गरिरहेका बेला इन्जुरी समयको ९३औँ मिनेटमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् । नेपाली रक्षापंक्तिले बल क्लियर गर्न नसकेको अवस्थाको लाभ उठाउँदै उनले विजयी गोल गरेकी थिइन् ।

यस जितसँगै बंगलादेश लगातार तेस्रोपटक प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ । उपाधिका लागि बंगलादेशले भारत र भुटानबीच हुने अर्को सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल भने समूह चरणमा भुटानलाई १-० तथा श्रीलंकालाई २-० ले पराजित गर्दै अन्तिम चारमा पुगेको थियो । तर सेमिफाइनलमा बंगलादेशसँग पराजित भएपछि नेपालको उपाधि यात्रा यसपटक पनि अन्त्य भएको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८३ जेष्ठ २०, १८: ५९

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८३ जेष्ठ २०, १८: ५९

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८३ जेष्ठ २०, १८: ५९

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...