नेपाली सेनालाई सीमामा तैनाथ गरियोस् : हर्क साम्पाङ – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

नेपाली सेनालाई सीमामा तैनाथ गरियोस् : हर्क साम्पाङ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री स्वयंले त्यसको तथ्यगत पुष्टि गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अन्यथा नेपाली जनतासमक्ष आफ्नो भनाइ सच्याउनुपर्ने उनको भनाइ छ ।

सांसद साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्ति नसच्याइएसम्म अन्य विषयमा बहस गर्नु अर्थहीन हुने टिप्पणी गर्दै राष्ट्रिय भूगोल र सार्वभौमिकताको रक्षा राज्यको पहिलो दायित्व भएको बताए ।

उनले प्रधानमन्त्री शाहको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र सीमासम्बन्धी संवेदनशील विषयमा अनावश्यक अन्योल सिर्जना गरेको दाबी गरे । उनले सीमा सुरक्षाका लागि सेना तैनाथ गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नेक्रममा भारतले नेपालको भूमि मात्र नभई नेपालले समेत भारतको भूमि अतिक्रमण गरेको विवादित अभिव्यक्ति दिएका थिए ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ जेष्ठ २५, १३: ५२

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ जेष्ठ २५, १३: ५२

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ जेष्ठ २५, १३: ५२

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...