विपक्षी दलहरूको अवरोध कायमै, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

विपक्षी दलहरूको अवरोध कायमै, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं : विपक्षी दलहरूको अवरोध कायमै रहेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धमा दिएको विवादित अभिव्यक्ति सच्याउँदै माफी माग्नुपर्ने भन्दै विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका सभाको बैठक स्थगित गरे ।

संसद बैठक शुरु हुनासाथ विपक्षी दलहरुले उठेर विरोध जनाएका थिए । यही जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले नेपाल–भारतको सीमा भारतको तर्फबाट नभई नेपालको तर्फबाट समेत अतिक्रमण गरिएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले संघीय संसदका दुवै सदनमा विरोध गर्दै आएका छन् ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ जेष्ठ २५, १४: १०

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ जेष्ठ २५, १४: १०

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ जेष्ठ २५, १४: १०

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...