प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्मलाई स्थगित – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्मलाई स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक भोलि मंगलबारसम्मका लागि स्थगित भएको छ ।

सोमबार विपक्षी दलहरूले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि १५ मिनेटका लागि स्थगित गरिएस्को बैठक सूचना टाँसेर भोलिसम्मका स्थगित गरिएको हो ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै मंगलवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।

संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली ०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक जेठ २६ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नु भएको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धमा दिएको विवादित अभिव्यक्ति सच्याउँदै माफी माग्नुपर्ने भन्दै विपक्षी दलहरूले बैठकमा अवरोध गर्दै आएका छन् ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ जेष्ठ २५, १५: ०८

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ जेष्ठ २५, १५: ०८

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ जेष्ठ २५, १५: ०८

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...