कांग्रेसका सांसददेखि वडासदस्य समेतलाई सदस्यता अद्यावधिक अनिवार्य गर्न तल्लो तहसम्म सर्कुलर – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

कांग्रेसका सांसददेखि वडासदस्य समेतलाई सदस्यता अद्यावधिक अनिवार्य गर्न तल्लो तहसम्म सर्कुलर

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका सांसददेखि वडा सदस्यसम्मका सबै निर्वाचित जनप्रतिनिधि र पार्टीका विभिन्न तहका पदाधिकारीहरूलाई अनिवार्य रूपमा क्रियाशील सदस्यता अद्यावधिक गर्न कडा सर्कुलर जारी गरेको छ । आगामी १५ औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने लक्ष्यका साथ कांग्रेसले तल्लो तहसम्म यस्तो निर्देशन पठाएको हो ।

जनप्रतिनिधि र पदाधिकारीलाई जेठ २७ को म्याद केन्द्रीय कार्यालयले जारी गरेको परिपत्र अनुसार, नेपाली कांग्रेसका तर्फबाट निर्वाचित संघीय संसदका सबै सदस्यहरू, प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरू र स्थानीय तहका सबै जनप्रतिनिधिहरूले २०८१ जेठ २७ गतेभित्र अनिवार्य रूपमा आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गरिसक्नुपर्नेछ ।

जनप्रतिनिधिहरूका साथै केन्द्रीय समितिदेखि वडा समितिसम्मका सबै पदाधिकारी तथा सदस्यहरू र भ्रातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारीहरूलाई पनि सोही समयसीमा भित्र अद्यावधिक गर्न र आफ्नो क्षेत्रभित्रका सदस्यहरूलाई सहजीकरण गर्न निर्देशन दिइएको छ । साधारण क्रियाशील सदस्यहरूका लागि भने अद्यावधिक गर्ने अन्तिम समय जेठ २८ गतेसम्म तोकिएको छ ।

महाधिवेशनका लागि ‘एनसिआइडी’ अनिवार्य आगामी १५ औँ महाधिवेशन पूर्ण रूपमा प्रविधिमा आधारित हुने भएकाले प्रत्येक क्रियाशील सदस्यका लागि विशिष्ट पहिचान (एनसिआइडी) अनिवार्य गरिएको छ । महाधिवेशनमा सहभागी हुनका लागि यो परिचयपत्र (एनसिआइडी) नै प्रमुख आधार हुने भएकाले पार्टीले सबै तहका नेता-कार्यकर्तालाई समयमै प्रक्रिया पुरा गर्न ताकेता गरेको हो ।

सर्कुलरका मुख्य बुँदाहरू:

अनुगमन र खारेजी: कसैले अनाधिकृत रूपमा अरूको सदस्यता अद्यावधिक गरिदिएको पाइएमा छानबिन गरी त्यस्तो सदस्यता (एनसिआइडी) रद्द गरिनेछ । यस्तै, पार्टीको अनुशासन उल्लंघन गर्ने र बागी उम्मेदवार बन्नेहरूको सदस्यता केन्द्रीय अभिलेखबाटै हटाइनेछ ।

हिमाली जिल्लालाई विशेष व्यवस्था: इन्टरनेट र प्रविधिको पहुँच कम भएका हिमाली तथा उच्च पहाडी जिल्लाहरूको हकमा भने जिल्लाबाट तहगत सिफारिस सहितको विवरण माग गरी सोही आधारमा केन्द्रबाटै अद्यावधिक गरिदिने व्यवस्था मिलाइएको छ ।

नयाँ सदस्यताको आवेदन: योग्यता पुगेका नयाँ नेपाली नागरिकले पनि कांग्रेसको आधिकारिक वेबसाइट मार्फत अनलाइन फारम भरी नयाँ सदस्यताका लागि आवेदन दिन सक्ने बाटो खुला गरिएको छ । यस्तो आवेदन वडा तहको सिफारिसमा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिबाट स्वीकृत हुनेछ ।

हालसम्म कांग्रेसका ७ लाख ८२ हजार २ सय ९ क्रियाशील सदस्यहरूमध्ये ४ लाख १७ हजार ७ सय ५३ जनाले आफ्नो विशिष्ट पहिचान (एनसिआइडी) प्राप्त गरिसकेका छन् भने ९८ हजारभन्दा बढी सदस्यहरूको विवरण अद्यावधिक हुने प्रक्रियामा रहेको छ । प्राविधिक समस्या भएमा सहजीकरणका लागि पार्टीले ९७०१२५५५५५ नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ जेष्ठ २५, २१: ३३

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ जेष्ठ २५, २१: ३३

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ जेष्ठ २५, २१: ३३

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...