काठमाडौं महानगरपालिकाको १९औं अधिवेशन जेठ ३१ गते हुने – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

काठमाडौं महानगरपालिकाको १९औं अधिवेशन जेठ ३१ गते हुने

काठमाडौं : काठमाडौं महानगरपालिकाको १९औं अधिवेशन यही जेठ ३१ गते हुने भएको छ ।

मंगलबार बसेको काठमाडौं महानगरपालिका ५०औं नगर कार्यपालिका बैठकले उक्त अधिवेशनको मिति तय गरेको हो । जेठ ३१ गते आइतबार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाको नगर सभाको १९औं अधिवेशनको पहिलो बैठक बस्ने गरी अधिवेशन गर्ने प्रस्ताव उक्त बैठकले पारित गरेका महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले बताइन् ।

त्यसैगरी बैठकले नेपाल भाषाको स्थानीय पाठयक्रम, बाल विकास तथा पूर्वप्राथमिक तहको पाठयक्रम पनि स्वीकृत गरेको छ । समसायिमक सुधार तथा परिमार्जन समितिको २०८३ साल जेठ ४ गते र शिक्षा तथा स्वास्थ्य समितिको जेठ २५ को निर्णय अनुसार नेपाल भाषाको स्थानीय भाषा, बाल विकास तथा पूर्वप्राथमिक तहको पाठयक्रम सिफारिस गरिएकाले उक्त पाठयक्रम स्वीकृत गरिएको महानगरपालिकाका शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले बताए ।

काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरुको कक्षा ८ सम्म नेपाल भाषाको पठनपाठन हुन्छ । पूर्वप्राथमिक तहमा पनि त्यसलाई लागू गर्नेगरी उक्त पाठ्यक्रम स्वीकृत गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ जेष्ठ २६, ११: ३४

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ जेष्ठ २६, ११: ३४

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ जेष्ठ २६, ११: ३४

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...