
काठमाडौं: भारत सरकारको सहयोगमा मुस्ताङको लोमान्थाङमा विद्यालयको छात्रावास भवन निर्माण गरिएको छ ।
लोमान्थाङ गाउँपालिका–१ स्थित लोवो न्यिफुग नामद्रोल नोर्बुलिङ मठ विद्यालयको छात्रावास भवन निर्माण सम्पन्न गरि उद्घाटन गरिएको छ। भवनको भारतीय राजदूत नवीन श्रीवास्तव तथा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष ताशी न्हार्बु गुरुङले संयुक्त रूपमा उद्घाटन गरे।

दुई तले छात्रावास भवन चार ब्लकसहित निर्माण गरिएको हो। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत उक्त भवन सनिर्माण गरिएको हो । उक्त परियोजनाको कार्यान्वयन लोमान्थाङ गाउँपालिकामार्फत हुने बताइएके छ ।
लोवो न्यिफुग नामद्रोल नोर्बुलिङ मठ विद्यालयले स्थानीय सांस्कृतिक सम्पदा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। बौद्ध शिक्षासँगै विद्यालयले नेपाल सरकारको शैक्षिक प्रणालीअनुसारको नियमित पाठ्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

उद्घाटन समारोहमा भारतीय राजदूत नवीन श्रीवास्तवले परियोजनासँग आबद्ध सबै पक्षलाई शुभकामना व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतासँग सहकार्य गरी साझा विकास र समृद्धिको लक्ष्य हासिल गर्न भारत सरकार प्रतिबद्ध रहेको बताए।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाले भारत सरकारबाट प्राप्त विकास सहयोगप्रति आभार व्यक्त गरेका थिए। उनीहरूले नयाँ छात्रावास भवनले विद्यार्थीहरूको आवासीय सुविधा सुधार गर्नुका साथै विद्यालयको समग्र शैक्षिक वातावरण थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेशका ७४ जिल्लामा करिब ६ सय परियोजना कार्यान्वयन गरिसकेको छ। तीमध्ये गण्डकी प्रदेशमा ६३ वटा परियोजना सञ्चालन भएका छन् भने मुस्ताङ जिल्लामा मात्रै १८ वटा परियोजना सम्पन्न भएका छन्।

यसैगरी भारत सरकारले गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूलाई १२६ एम्बुलेन्स र ५२ विद्यालय बस उपलब्ध गराइसकेको छ। मुस्ताङ जिल्लाले मात्रै ११ एम्बुलेन्स र ६ विद्यालय बस प्राप्त गरेको छ।
नेपाल र भारतबीचको घनिष्ठ छिमेकी सम्बन्ध तथा बहुआयामिक सहकार्यलाई थप सुदृढ बनाउँदै यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकास, शिक्षा प्रवर्द्धन तथा सामुदायिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...
काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...