समिति बैठकमा मन्त्री अनुपस्थित भएपछि स्पष्टीकरण माग्ने तयारी – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

समिति बैठकमा मन्त्री अनुपस्थित भएपछि स्पष्टीकरण माग्ने तयारी

काठमाडौँ : प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै यस विषयमा मन्त्रालयसँग औपचारिक जवाफ माग्ने तयारी गरेको छ ।

मंगलबार बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले पूर्वजानकारीसहित बैठकको सूचना दिइएको अवस्थामा पनि मन्त्री सुनिल लम्साल उपस्थित नभएको विषयलाई गम्भीर रूपमा लिइएको बताएका हुन् ।

सभापति गजुरेलले समितिको पहिलो बैठकमै सम्बन्धित मन्त्रीको अनुपस्थिति देखिनु उचित नभएको उल्लेख गर्दै निर्माण तथा यातायात क्षेत्रसँग सम्बन्धित थुप्रै चुनौती र नीतिगत विषयमा मन्त्रालयको प्रत्यक्ष सहभागिता आवश्यक रहेको धारणा राखे । समितिले बैठकको कार्यसूचीको महत्वलाई ध्यानमा राखेर छलफल आयोजना गर्ने भएकाले सम्बन्धित मन्त्री पनि त्यसप्रति उत्तरदायी हुनुपर्ने उनको भनाइ थियो ।

उनले बैठकबारे मन्त्रालयलाई समयमै जानकारी गराइएको र मन्त्रीलाई पटक-पटक स्मरण गराइएको उल्लेख गर्दै उपस्थित हुन नसक्नुको कारणबारे मन्त्रालयसँग स्पष्टीकरण लिइने जानकारी दिए ।

बैठकका क्रममा सभापति गजुरेलले सडक सुरक्षा र यातायात व्यवस्थापनका विषयमा पर्याप्त सरकारी ध्यान नपुगेको टिप्पणी पनि गरेका थिए । नेपालमा सडक दुर्घटनाका कारण दैनिक औसत सात जनाको ज्यान जाने अवस्था रहेको उल्लेख गर्दै उनले यसलाई राष्ट्रिय सरोकारको विषयका रूपमा लिनुपर्ने बताए ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद धनेन्द्र कार्की, नेपाली काँग्रेस की सांसद वासना थापा तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद नीता घतानीले पनि मन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाउँदै समितिप्रति मन्त्रालयको जबाफदेहिता सुनिश्चित हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ असार २, १९: ०२

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ असार २, १९: ०२

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ असार २, १९: ०२

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...