राहदानी विभागका महानिर्देशक र निर्देशकलाई थुनामा राख्न अनुमति – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

राहदानी विभागका महानिर्देशक र निर्देशकलाई थुनामा राख्न अनुमति

काठमाडौँ : विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइराला सम्मिलित इजलासले सोमबारदेखि लागू हुने गरी उक्त अनुमति दिएको अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिएका छन् ।

राहदानी छपाइसम्बन्धी विषयमा भ्रष्टाचारजन्य कसुरको अनुसन्धान अघि बढाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले दुवै अधिकारीलाई थप समय हिरासतमा राख्न माग गर्दै विशेष अदालतमा निवेदन दिएको थियो ।

अदालतको अनुमतिसँगै अनुसन्धान निकायलाई आवश्यक छानबिन प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ असार २, १९: ०५

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ असार २, १९: ०५

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ असार २, १९: ०५

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...