काठमाडौं । लामो समयदेखि सञ्चार माध्यमहरुलाई सरकारले दिदै आएको लोककल्याणकारी विज्ञापन बापतको रकम बृद्धी नहँुदा सञ्चार माध्यमहरु संकटमा पर्दै आएको समयमा लोककल्याणकारी विज्ञापन बापतको रकम दोब्बर बनाउनका लागी लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष सहितको सम्पादकहरुको टोलीले अर्थ मन्त्री,सञ्चार मन्त्री र राजश्व सचिवसंग भेटी माग गरेको छ ।
१० बर्ष देखि लोककल्याणकारी विज्ञापन बापतको रकम बृद्धी नहुँदा सञ्चार माध्यमहरुलाई ठूलो समस्या भैरहेकाले तत्काल उक्त रकमलाई दोब्वर बनाउनु पर्ने माग राख्दै लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजका केन्द्रिय अध्यक्ष दामोदर प्रसाद दवाडी, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, हेल्थ टुडेका सम्पादक पदमराज जोशी लगायतका सम्पादकहरुले अर्थमन्त्री ज्ञानेन्द्र वहादुर कार्की, सञ्चार मन्त्री मोहनबहादुर वस्नेत, राजश्व सचिव शिशिर कुमार ढुंगानालाई मन्त्रालयमा छुट्टा छुट्टै भेटघाट तथा छलफल गरेका छन् ।
सो अवसरमा अर्थमन्त्री कार्की, सञ्चार मन्त्री बस्नेत र राजश्व सचिव ढुंगानाले लोककल्याणकारी वापतको रकम दोब्बर बनाउनका लागी प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका समाजका अध्यक्ष दामोदर प्रसाद दवाडीले बताए । २०१५ सालमा निर्वाचित विपि कोइरालाको सरकारले संचार माध्यमहरुको विकासका लागी दिन शुरु गरेको लोककल्याणकारी विज्ञापन बापतको रकम पछिल्लो पटक २०६४ सालमा सरकारले रकम बृद्धी गरेपछि हालसम्म बृद्धी नगर्दा सञ्चार माध्यमहरुलाई ठूलो समस्या भैरहेको छ । देशभरीबाट प्रकाशित तथा प्रशारण हुने संचार माध्यमले लोककल्याणकारी विज्ञापन बापतको रहम बृद्धी गर्नका लागी लोकतान्त्रिक छापामाध्यमले बारम्बार आवाज उठाउँदै आईरहेको छ ।
काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...