गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त

काठमाडौं : सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । कार्की प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव हुन् ।

त्यस्तै सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गरेको छ । गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ ।

मन्त्री पोखरेलले सरकारले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३, स्वीकृत गरेको बताए । शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

सरकारले कारागार नियमावली, २०८३ स्वीकृत गरेको छ । मानव अधिकार सम्बन्धी छैटौं कार्ययोजना स्वीकृत गरेको पनि उनले जानकारी दिए । भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने निर्णय भएको पनि प्रवक्ता पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ असार २४, १७: ०४

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ असार २४, १७: ०४

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ असार २४, १७: ०४

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...