राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्न नेकपाको सुझाव – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्न नेकपाको सुझाव

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा संसदीय दलका तर्फबाट आफ्नो धारणा राख्दै उनले लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र मौलिक अधिकारलाई सुदृढ बनाउन संविधान संशोधन गर्न सकिने बताए ।

सांसद हमालले संविधान संशोधनसम्बन्धी बहस नोट तयार गर्न गठित कार्यदलबाट आफ्नो पार्टी अलग भएको सदनलाई जानकारी गराए  । यद्यपि उनले आफूहरू संविधान संशोधनसम्बन्धी आधारभूत विषयमा असहमत नरहेको स्पष्ट गरे ।

राज्य सत्ता सञ्चालन, कानुन निर्माण, संघीयताको सुदृढीकरणलगायत विषयमा संशोधन गर्न सकिने बताउँदै   त्यसका निमित्त राष्ट्रिय सहमतिको आवश्यकता भएकामा उनको जोड थियो ।

लोकतन्त्रका संरचनामाथि बन्देज लगाउन हुनेमा जोड दिँदै सांसद हमालले विद्यार्थी सङ्गठन र कर्मचारी ट्रेड युनियनलाई खारेज गर्न नहुने तथा सरकारले तत्कालको आवश्यकता संशोधन गर्न अध्यादेश ल्याउन पाउने संवैधानिक व्यवस्था भए पनि संसद् छलेर अध्यादेश जारी गर्ने परम्पराले संसदीय अभ्यास कमजोर हुने बताए ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ असार २५, १४: ४३

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ असार २५, १४: ४३

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ असार २५, १४: ४३

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...