अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

गत बुधबारको मन्त्रिपरिषद्ले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेसँगै मन्त्रालयले कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गरेको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानुनी व्यवस्थाबारे पुनः जानकारी गराइएको बताए ।

मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी भएमा तीन दिनभित्र लिखित रूपमा मन्त्रालयमा सूचना दिन सरोकार भएका सबैसँग आग्रह गरेको छ ।

उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त नियमावली लागू गरिएको हो । यसअन्तर्गत मुलुकमा विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्धन लिएर सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमका लागि नयाँ मापदण्ड लागू हुने उक्त मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ असार २६, ११: ४५

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०८३ असार २६, ११: ४५

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...

रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना बेपत्ता
रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना बेपत्ता
  • २०८३ असार २६, ११: ४५

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।...