
काठमाडौँ : राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि सरकार र विद्यमान शासन प्रणालीप्रति आलोचना सुरु भएको छ ।
नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले घटनालाई राज्य प्रणाली र सार्वजनिक सेवाको कार्यशैलीसँग जोड्दै टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत कविता शैलीमा आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान शासन पद्धतिले नागरिकको पीडा र निराशालाई सम्बोधन गर्न नसकेको बताएका हुन् ।
आङ्देम्बेका अनुसार २०८३ असार २५ गते त्रिपुरेश्वरमा मुगुका २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासले कठोर र संवेदनहीन शासन प्रणालीको अवस्था देखाएको छ । उनले यस्तो अवस्था लामो समयदेखि सुधार हुन नसकेको राज्य संरचना र प्रशासनिक अभ्यासको परिणाम भएको उल्लेख गरेका छन् ।
उनले नागरिकमाथि करको भार बढाउने, कडा दण्ड र जरिवानामार्फत मात्र व्यवस्था कायम गर्न खोज्ने सोच प्रभावकारी नभएको धारणा राखेका छन् । जनताको आत्मविश्वास र मनोबल वृद्धि गर्ने किसिमका सरल नीति, व्यवहारिक कानुन र सहज शासकीय अभ्यास आवश्यक रहेको उनको भनाइ छ ।
गणेश नेपालीले बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए । गम्भीर घाइते अवस्थामा वीर अस्पतालमा उपचाररत उनको पछि मृत्यु भएको थियो । घटनापछि सार्वजनिक सेवा प्रणाली, नागरिकका समस्या समाधान गर्ने राज्य संयन्त्र र प्रशासनिक संवेदनशीलतामाथि बहस सुरु भएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२...
काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...