राष्ट्रिय सभा बैठकमा मागियो प्रधानमन्त्रीको राजीनामा – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

राष्ट्रिय सभा बैठकमा मागियो प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ : राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना गर्दै राजीनामा माग गरेका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद विश्वकर्माले राज्य संयन्त्रको व्यवहार र घटनापछिको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने धारणा राखेका हुन् ।

उनले गणेश नेपालीले आत्मदाहको प्रयास गर्दा सुरक्षाकर्मीको व्यवहार असंवेदनशील भएको आरोप लगाउँदै घटनामा संलग्न प्रहरी तथा सम्बन्धित कर्मचारीमाथि कडा कारबाही गर्न माग गरे ।

सांसद विश्वकर्माले आगोमा जलिरहेको अवस्थामा रहेका नेपालीलाई उद्धार गर्ने क्रममा अपनाइएको शैलीप्रति प्रश्न उठाउँदै सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका थिए । उनले घटनाले सरकारको संवेदनशीलता र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको बताए ।

उनको भनाइअनुसार प्रशासनिक संयन्त्रबाट नागरिकप्रति देखाइएको व्यवहार स्वीकार्य हुन नसक्ने भन्दै उनले प्रधानमन्त्री शाह नेतृत्वको सरकारलाई जिम्मेवारी लिन आग्रह गरे ।

राष्ट्रिय सभा सदस्य विश्वकर्माले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने जिकिर गर्दै नैतिक आधारमा प्रधानमन्त्रीले पदबाट हट्नुपर्ने माग गरेका हुन् ।

गणेश नेपालीले राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेपछि उनको वीर अस्पतालस्थित बर्न सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटनापछि संसद् तथा राजनीतिक वृत्तमा राज्यको सेवा प्रवाह, प्रशासनिक व्यवहार र नागरिक असन्तुष्टिका विषयमा बहस सुरु भएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ असार २६, १६: ११

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०८३ असार २६, १६: ११

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...

रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना बेपत्ता
रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना बेपत्ता
  • २०८३ असार २६, १६: ११

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।...