
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ ।
प्रहरीका अनुसार झापाबाट काठमाडौं आएका प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलन गर्दै विशेष सम्बोधन गर्ने तयारी गरेका थिए । उनले आत्मदाह प्रयासपछि ज्यान गुमाएका गणेश नेपालीको न्यायको माग गर्दै विमानस्थलमै सार्वजनिक कार्यक्रम गर्न खोजेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले विमानस्थल निषेधित क्षेत्र भएकाले त्यहाँ कुनै पनि प्रकारको सार्वजनिक कार्यक्रम गर्न नपाइने व्यवस्था अनुसार प्रहरीले हस्तक्षेप गरेको जानकारी दिए । उनले प्रसाईंलाई नियन्त्रणमा लिएर कार्यक्रम गर्न नदिई सुरक्षित रूपमा भक्तपुरस्थित निवास पुर्याइएको बताए ।
प्रहरीका अनुसार प्रसाईंलाई पक्राउ गरिएको नभई निषेधित क्षेत्रमा कार्यक्रम हुन नदिन आवश्यक सुरक्षा व्यवस्था अपनाइएको हो । उनलाई नियन्त्रणमा लिएर घर पुर्याएपछि छाडिएको प्रहरीले जनाएको छ ।
विमानस्थल सुरक्षा संवेदनशील तथा निषेधित क्षेत्र भएकाले त्यहाँ पूर्वस्वीकृतिबिना पत्रकार सम्मेलन, प्रदर्शन वा अन्य सार्वजनिक गतिविधि गर्न कानुनी रूपमा अनुमति नहुने प्रहरीको भनाइ छ ।
रोल्पा : थवाङ गाउँपालिका-५ कोट बारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एक...
काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...
काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...