मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ ।

मधेश प्रदेशसभाको आजको बैठकमा सभामुख रामअशिष यादवले आजैदेखि कार्य प्रारम्भ गर्ने गरी प्रदेशसभा सदस्यहरु उपेन्द्र महतो, हरिनारायण महतो, जंगीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, बिमला अन्सारी तरुन्म र सरिताकुमारी ठाकुर रहने गरी कार्यदल गठन गरिएको घोषणा गरे । कार्यदलले कार्यविधि आफै निर्माण गर्नेछ ।

साथै आजको बैठकमा प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सरकारको विनियोजन विद्येयक २०८३ प्रस्तुत गरे । यस्तै बैठकमा प्रदेशसभा सदस्य रविन्द्र श्रेष्ठले पेस गरेको मधेश प्रदेशसभा नियमवलीको नियम १३५ को उपनियम (२) र (३) निलम्बन गर्ने प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख यादवले घोषणा गरे । सो दुबै उपनियम निलम्ब भएसँगै सभामुख यादवले आजको कार्यसूचीमा रहेका अन्य विषयहरु हटाए ।

प्रदेशसभाको अर्काे बैठक यही असार ३० गते मंगलवार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

यही असार १ गते प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विद्येयकमाथिको छलफल गर्न असार १७ गते आह्वान गरेको प्रदेशसभाको बैठकमा प्रतिपक्ष दल जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बजेट संशोधनको मागसहित बैठक अवरुद्ध गरेपछि सभामुख यादवले बैठक अर्काे सूचना नहुञ्जेलसम्मका लागि बैठक स्थगित गरेका थिए ।

मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ मा कृषि नवप्रर्तन, उद्यमशीलता प्रबद्र्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रु. ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
  • २०८३ असार २८, १६: २२

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ असार २८, १६: २२

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०८३ असार २८, १६: २२

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...