
काठमाडौं : नेपाली कांग्रेसले गगनकुमार थापाको निजी निवास आसपास तथा सञ्चार संस्था र व्यवसायिक क्षेत्र नजिकै अपरिचित व्यक्तिहरूले सवारी साधन तेर्स्याएर आवागमन अवरुद्ध गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका अनुसार उक्त गतिविधिले सर्वसाधारण, सञ्चारकर्मी तथा व्यवसायीहरूलाई आतंकित बनाएको छ। नेपाली कांग्रेसले यसलाई स्वतन्त्र अभिव्यक्ति र लोकतान्त्रिक अभ्यासलाई त्रसित पार्ने उद्देश्यले गरिएको नियोजित घटना भएको ठहर गरेको छ।
“यस्ता क्रियाकलाप लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रहार हुन्,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
घटनाको घोर निन्दा तथा भर्त्सना गर्दै कांग्रेसले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेको छ।
साथै, लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्न सबै लोकतन्त्रवादी शक्ति, सञ्चार क्षेत्र, नागरिक समाज र सर्वसाधारणलाई एकजुट भएर यस्ता गतिविधिविरुद्ध सशक्त प्रतिवाद गर्न पार्टीले आह्वान गरेको छ।

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...
काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...