
काठमाडौं : अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा माथिबाट लेदो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ ।
हिजो साँझदेखि अवरुद्ध बनेको सडकमा अलपत्र परेका यात्रु तथा सवारीसाधनलाई पहिरो हटाएर हिजो बेलुकासम्म नै गन्तव्यतर्फ पठाइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
तर, क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम उच्च रहेको भन्दै सुरक्षाका दृष्टिकोणले जिल्ला प्रशासन कार्यालय चितवनले तत्कालका लागि उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । विपद् व्यवस्थापन समितिको आपतकालीन बैठकपछि अर्को सूचना जारी नभएसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।
सडक डिभिजन भरतपुरका अनुसार हाल मुग्लिन–नारायणगढ सडकखण्डको जलबिरेनजिकै पहिरो खसेको छ । पहिरो हटाउन सम्बन्धित स्थानमा मेसिन परिचालन गरिसकिएको छ ।
काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...
काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...