
काठमाडौं : कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । एमाले नेतृत्वको सरकारसँग भएको आलोपालो नेतृत्वको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरूले बुधबार मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका हुन् ।
राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन् ।
आज बिहान बोलाइएको मन्त्रिपरिषद् बैठकअघि चारै जना मन्त्रीले मुख्यमन्त्री कँडेललाई भेटेर सामूहिक रूपमा राजीनामा पत्र बुझाएका हुन् ।
सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पनि आफूहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएको पुष्टि गर्दै मुख्यमन्त्रीलाई जनताको काम प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरिएको बताए ।
कर्णाली प्रदेश सरकारमा कांग्रेसका तर्फबाट चार र एमालेका तर्फबाट तीन जना मन्त्री सहभागी थिए । सात सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसका सबै मन्त्रीले एकैसाथ राजीनामा दिएपछि मुख्यमन्त्री कँडेल नेतृत्वको सरकार राजनीतिक रूपमा संकटमा परेको छ ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गरेका थिए ।
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२...
काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...