
काठमाडौं : भारतको सहयोगमा सोलुखुम्बुमा गुम्बा निर्माण सुरु गरिएको छ । जिल्लाको लिखु पिके गाउँपालिकामा निर्माण सुरु गरिएको ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको शिलान्यास गरिएको हो।
गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा गुम्बा भवनको शिलान्यास गरे।
भारत सरकारको करिब ३ करोड ३० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त गुम्बा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुनेछ।
परियोजना लिखु पिके गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ। यो सोलुखुम्बु जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालन हुने छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ गुम्बा भवनले स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
नेपाल र भारतबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउँदै यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनाले स्थानीय पूर्वाधार निर्माण, सांस्कृतिक संरक्षण तथा समग्र विकास र समृद्धिमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...
काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...