
काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी बैठक साउन १४ गते बस्ने सूचना पढेर सुनाएका हुन् ।
सो क्रममा सभामुख अर्यालले प्रतिनिधिसभा सदस्यहरूलाई जनताको घरदैलोमा पुगेर उनीहरूका आवाज र अपेक्षा बुझ्न आग्रह गरे ।
सभामुख अर्यालले संसद र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी र विश्वसनीय हुने बताए । सभामुख अर्यालले संसदले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रमसहित विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको जानकारी दिए ।
नयाँ गठन भएको प्रतिनिधिसभाको यस अधिवेशनमा सदस्यहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी बैठकहरूमा अझ बढी सक्रियताको अपेक्षा व्यक्त गरे ।
सांसदहरूले जनताका माझबाट संकलन गरेका विषयहरू सदनमा प्रवेश गर्दा सरकारलाई थप जवाफदेही बनाउन सहयोग पुग्ने उनले उल्लेख गरे ।
संसदीय बैठकको विश्रामलाई जनतासँगको विमर्शमा रूपान्तरण गर्न शुभकामना दिँदै सभामुख अर्यालले प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गते बिहीबार बस्ने बताए ।
रोल्पा : थवाङ गाउँपालिका-५ कोट बारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एक...
काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...
काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...