सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला


काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार संघीय संसदका सदस्यहरूले राजपत्रांकित तृतीय श्रेणीका एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, सभामुख र राष्ट्रियसभा अध्यक्षले राजपत्रांकित विशिष्ट श्रेणी (रा.प.विशिष्ट) सरहका एक जना प्रमुख स्वकीय सचिव राख्न पाउनेछन् । साथै, उनीहरूले राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका एक–एक जना स्वकीय सचिव पनि नियुक्त गर्न सक्नेछन् ।

विपक्षी दलका नेता, उपसभामुख, राष्ट्रियसभा उपाध्यक्ष, प्रमुख सचेतक तथा समितिका सभापतिले पनि राजपत्रांकित द्वितीय श्रेणीका एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था लागू गरिएको छ ।

स्वकीय सचिवालयका कर्मचारीले सम्बन्धित पदको सुरु स्केलअनुसारको तलब मात्र पाउनेछन् । उनीहरूको पारिश्रमिक प्रचलित कानुनबमोजिम बैंक खातामार्फत उपलब्ध गराइने व्यवस्था नेपाल राजपत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ श्रावण ५, ०८: २०

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०८३ श्रावण ५, ०८: २०

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...

रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना बेपत्ता
रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना बेपत्ता
  • २०८३ श्रावण ५, ०८: २०

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।...