अमेरिकामा कोरोनाबाट दुई लाख बढिकाे मृत्यु, केहि दिनमै भ्याक्सिन ल्याउने ट्रम्पकाे दावी – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

अमेरिकामा कोरोनाबाट दुई लाख बढिकाे मृत्यु, केहि दिनमै भ्याक्सिन ल्याउने ट्रम्पकाे दावी


नयाँ विकल्प,


काठमाडाैं- अमेरीकामा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या दुइलाख नागेकाे छ । पछिल्लाे तथ्याङ्क अनुसार अमेरीकामा हाल सम्म ७० लाख ९८ हजार २९१ जनामा काेराेना संक्रमण भैसकेकाे छ ।

जसमध्ये २ लाख ५ हजार ४७८ जनाले काेराेना सक्रमणका कारण ज्यान गुमाएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा दुई लाख नाघ्नु भयावह भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले भाइरस विश्वभर फैलाउन चीन जिम्मेवार रहेको भन्दै चीनमाथि आरोप पनि लगाए। त्यसप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघेको छ। कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि अमेरिकामा ६८ लाख भन्दा बढी पुगेको छ जुन देश विश्वभर अहिले पहिलो नम्बरमा छ।
नर्थ डकोटा, युटालगायत थुप्रै राज्यहरूमा सङ्क्रमितको सङ्ख्या बढिरहँदा मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भइ यो नयाँ तथ्याङ्क देखा परेको हो। तर राष्ट्रपति ट्रम्पले आफ्नो हस्तक्षेपले मृत्यु हुनेको सङख्या कम गर्न मद्दत गरेको दाबी गरे।


खोपको साझा विकास र वितरण अभियानमा १५६ देश सहभागी

अमेरिकामा केही साताभित्रै कोरोनाभाइरसविरुद्धको खोप आमरूपमा उपलब्ध हुने ट्रम्पले दावी गरेका छन् ।गत मार्चमा राष्ट्रपति ट्रम्पले मृत्यु हुनेको सङ्ख्या १ लाखदेखि २ लाखसम्म रहे आफ्नो देशले “राम्रो काम गरेको हुने” बताएका थिए।

फेब्रुअरीमा देशभरमा जम्मा १५ जना सङ्क्रमित देखिँदा उनले केही दिनमै सङ्क्रमितको सङख्या “शुन्य नजिक” पुग्ने अनुमान गरेका थिए। अमेरिकामा पहिलो सङ्क्रमितको घटना ज्यानुअरी महिनामै पुष्टि भएको थियो।

त्यसयता भाइरसको नियन्त्रण र रोकथामको विषयलाई लिएर ट्रम्प प्रशासनको पटकपटक आलोचना हुँदै आएको छ। आउँदो नोभेम्बरको राष्ट्रपतीय चुनावका लागि डेमोक्र्याटका तर्फबाट उम्मेदवार रहेका जो बाइडनले पनि कोरोनाभाइरसको नियन्त्रणमा ट्रम्पको कदमको आलोचना गर्दै आएका छन्।

उनले भने, “डोनल्ड ट्रम्पको झुट र विगत छ महिनामा उनको असक्षमताका कारण इतिहासमै धेरै अमेरिकीहरूले ज्यान गुमाएका छन्।”


अमेरिका र चीनको वाकयुद्ध

यसैबीच ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो भाषणमार्फत् चीनविरुद्ध उग्र हमला गरेका छन्। पहिल्यै रेकर्ड गरिएको सम्बोधनमा उनले चीनमाथि विश्वमा कोरोनाभाइरस फैलाएको आरोप लगाए।चीनले पनि त्यसप्रति कडा प्रतिक्रिया जनाएको छ। संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूतले हजारपटक झुट बोले पनि त्यो झुट नै हुने बताए।

सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि भाइरसलाई लिएर गरिने राजनीतिको निन्दा गरे।ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई चीनले नियन्त्रण गरेको पनि दाबी गरेका थिए जुन टिप्पणीलाई विश्व स्वास्थ्य संगठनले अस्वीकार गर्दै आएको छ।

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ आश्विन ७, १६: २७

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ आश्विन ७, १६: २७

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ आश्विन ७, १६: २७

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...