
नयाँ विकल्प,
काठमाडाैं- सरकारले निजामती कर्मचारीलाइ हप्तामा दुइ दिन विदा दिनेबारे अध्यायन गर्न कार्यदल गठन गरेकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा २ दिन बिदा दिनेबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको हाे ।
मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि २ दिन बिदा तथा भ्रमण भत्ता दिनका लागि लागत फाइदाको अध्ययन, देशभित्र तथा बाहिरको अभ्यासका बारेमा अध्ययन गरी प्रतिवेदन बुझाउनका लागि प्रशासन तथा योजना महाशाखा प्रमुख सहसचिव कमल भट्टराईको संयोजकत्वमा कार्यदल बनाएको हाे ।
यसरी भ्रमण भत्ता तथा हप्तामा २ दिन बिदा दिनका लागि भएका निर्णय अहिले नै विभिन्न संस्थाहरूमा भइरहेको अभ्यासका बारेमा अध्ययन गरी लागू गर्न सकिने वा नसकिने बारेमा निष्कर्ष सहितको प्रतिवेदन बुझाउनका लागि कार्यदल बनाइएको मन्त्रालयका जनाएकाे छ ।
विगतमा भएका निर्णय, राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यास, लागत मूल्यांकन गरी प्रतिवेदन बुझाउने जिम्मेवारीसहित कार्यदल बनाइएको छ। यसको उद्देश्य भनेको अहिले पर्यटक विदेशबाट आउने सम्भावना नभएपछि मन्त्रालयले अान्तरिक पर्यटन अभिवृद्दि गर्न यस्ताे प्रस्ताव तयार गरेकाे हाे ।
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...