बागमती सरकारको स्थिरताका लागि मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद् विस्तार – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

बागमती सरकारको स्थिरताका लागि मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद् विस्तार

हेटौंडा : बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बागमती सरकारकी भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड (क) बमोजिम मंगलबार मन्त्री पदबाट राजिनामा दिएपछि मुख्यमन्त्री बानियाँले मंगलबार नै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री बानियाँले संविधानको १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्को पुर्नगठन तथा कार्यविभाजन गर्दै हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री नियुक्त गर्दै प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन् । मंगलबार नै बज्राचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सिफारिसअनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

त्यसैगरी, शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाल कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरेश श्रेष्ठ उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद्को कार्यसम्पादनलाई थप प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउन मन्त्रालयहरूको पुर्नगठन तथा कार्यविभाजन गरिएको जनाएका छन् ।

सम्बन्धित समाचार

पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
  • २०८३ श्रावण १९, १७: ३८

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...

स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
  • २०८३ श्रावण १९, १७: ३८

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ श्रावण १९, १७: ३८

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...