प्रदेश ३ को मुख्यमन्त्री छान्न एमालेले शुक्रबार चुनाव गर्ने – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

प्रदेश ३ को मुख्यमन्त्री छान्न एमालेले शुक्रबार चुनाव गर्ने

 

काठमाडौँ २३ माघ ।
प्रदेश ३ को मुख्यमन्त्री बन्नका लागि करिब आधा दर्जन प्रत्याशी मैदानमा देखिएपछि एमालेले निर्वाचनबाट संसदीय दलको नेता छान्ने भएको छ ।

प्रदेश ३ कमिटीको बुधबार विहान बसेको सचिवालय बैठकले माघ २६ गते दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेर नेता चयन हुने हुने एमाले पोलिटव्यूरो सदस्य तथा प्रदेश ३ का सांसद अरुण नेपालले जानकारी दिए । सकेसम्म सहमति कायम गर्ने र नभएमा लोकतान्त्रिक प्रक्रियाबाट दलको नेता चयन हुने उनले बताए ।

भावी मुख्यमन्त्री मानिएको प्रदेश ३ को दलको नेता बन्न एमालेमा करिब आधा दर्जन प्रत्यासी छन् । प्रदेश संयोजक तथा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री राजेन्द्र पाण्डे मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

उनीहरु दुवै माधव नेपाल पक्षका भए पनि पछिल्लो समय पाण्डे ओली पक्षमा देखिएका छन् ।

माधव नेपाल पक्षकै पशुपति चौलागाईले पनि दाबी गरेका छन् । संस्थापन पक्षबाट पोलिटव्यूरो सदस्य सानुकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित, हेटौंडाका पूर्वमेयर डोरमणी पौडेल र रामेछापका कैलाश ढुंगेलले मुख्यमन्त्री दाबी गरेका छन् ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७४ माघ २४, ०७: ५१

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७४ माघ २४, ०७: ५१

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७४ माघ २४, ०७: ५१

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...