निर्मला पन्त हत्या प्रकरणमा सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न- हजुर सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

निर्मला पन्त हत्या प्रकरणमा सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न- हजुर सत्तामा हुँदा किन अनुसन्धान नगरेको ?

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले निर्मला हत्या प्रकरणमा प्रश्न गर्ने सांसदलाई प्रतिप्रश्न गरेका छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा गृह मन्त्रालयअन्तर्गत सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले नेकपाका सांसद विष्णुबहादुर विश्वकर्मालाई प्रतिप्रश्न गरेका हुन् ।

‘यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु । हजुर सत्तामा हुँदाखेरि किन नगर्नुभएको ? र, अहिले हामीलाई आएर भारी बोकाउँदै गर्दा भन्न चाहन्छु– ‘यो सेन्सेटिभ विषय हो । हामीले आमाको घाउलाई संसदमार्फत कोट्याएको कोट्यायै गर्ने हो कि संसदमार्फत उहाँलाई पीडा दिइराख्ने हो कि चरणबद्ध रूपमा सूक्ष्म तरिकाले अध्ययन गर्दै रिजल्ट दिने हो ?’

नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले ‘निर्मला पन्त हत्या प्रकरणमा दोषी पत्ता लगाएर न्याय दिन नसक्नुको कारण के हो ? राज्यसंयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको हो ?’ भन्ने प्रश्न गरेका थिए ।

सम्बन्धित समाचार

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
  • २०८३ श्रावण २१, १४: ४१

रोल्पा : थवाङ गाउँपालिका-५ कोट बारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एक...

पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
  • २०८३ श्रावण २१, १४: ४१

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ श्रावण २१, १४: ४१

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...