तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् । आइतबार कपिलवस्तुको गोरुसिंगे जंगल क्षेत्रमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

६५ वर्षीय सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता भएका थिए । सोही दिन उनले आफू बाटो बिराएको भन्दै आफ्ना व्यवसायिक साझेदारसँग सम्पर्क गरेका थिए । प्रहरीका अनुसार, उनले सम्पर्क गरेको क्षेत्र नजिकैबाटै उनको शव फेला परेको हो ।

प्रहरीका अनुसार सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । पछि पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र पर्ने जंगल क्षेत्रमा उनले प्रयोग गर्ने लु प्र ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिने अवस्थामा भेटिएको थियो ।

सिंहको खोजीका लागि प्रहरी टोलीसँगै गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त खोजी कुकुरसमेत परिचालन गरिएको थियो । घटनाको कारण र प्रकृतिबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

सिंह २०७४ सालमा कपिलवस्तु नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ श्रावण २४, १३: १३

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ श्रावण २४, १३: १३

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ श्रावण २४, १३: १३

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...