शीतकालीन ओलम्मिकको पूर्वसन्धामा उत्तर कोरियाले सैन्य परेड गर्ने – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

शीतकालीन ओलम्मिकको पूर्वसन्धामा उत्तर कोरियाले सैन्य परेड गर्ने

काठमाडौँ २५ माघ ।
शीतकालीन ओलम्पिक गेमको पूर्वसन्ध्यामा उत्तर कोरियाले सैन्य परेड गर्ने भएको छ ।
उत्तर कोरियाले आफ्नो सेना स्थापना दिवसको अवसरमा हरेक वर्षको फेब्रुअरी ८ मा सैन्य परेड आयोजना गर्ने गरेको भए पनि यस वर्ष शीतकालीन ओलम्पिकका कारण नगर्ने बताएको थियो ।
तर, उत्तर कोरियाले यसअघिको यस्तो निर्णय परिवर्तन गर्दै पुनः सैन्य परेड गर्ने तयारी गरेको छ ।
उत्तर कोरियाले सैन्य परेडमाथि भइरहेका आलोचना खारेज गर्दै यसमाथि बोल्ने अधिकार कसैमाथि पनि नभएको टिप्पणी गरेको छ । विश्वका केही देशहरुले उत्तर कोरियालाई सैन्य परेड नगर्न बरु ओलम्पिक गेममा केन्द्रित हुन सुझाव दिएका थिए ।
‘यो सामान्य प्रचलन हो कि हरेक देशले आफ्नो सेना दिवसलाई गम्भीरतापूर्वक लिन्छन् र असाधारण तरिकाले मनाउँछन्’, उत्तर कोरियाको सत्तारुढ पार्टीको पत्रिका दी रोडोंङ सिनमुनले अन्तर्रा्ष्ट्रिय रुपमा भइरहेका आलोचनाहरुको खण्डन गर्दै भनेको छ ।
विज्ञहरुले उत्तर कोरियाले आफ्नो ७० औं सेना स्थापना दिवसको अवसरमा लामो दूरीको मिसाइल प्रदर्शन गर्ने अनुमान गरेका छन् ।
दक्षिण कोरियाका सरकारी अधिकारीहरुले भने फ्योंगयाङ एयरपोर्टको नजिकै १३ हजार सेनाले २ सय उपकरणका साथ रिहर्शल गरिरहेको देखिएको बताएका छन् ।
कोरियन पिपुल्स आर्मी स्थापनाको अवसरमा उत्तर कोरियाले हरेक सैन्य परेडका साथ विविध कार्यक्रम गरेर मनाउने गरेको छ । ७० वर्ष अघि सन् १९४८ मा आजकै दिन यसको स्थापना भएको थियो ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ माघ २५, ०५: ३५

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७४ माघ २५, ०५: ३५

काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७४ माघ २५, ०५: ३५

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...