संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि विचार गर्न राष्ट्रिय सभाको स्वीकृति – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि विचार गर्न राष्ट्रिय सभाको स्वीकृति

काठमाडौं : ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव प्रस्तुत गरेकी थिइन् । मन्त्री चौधरीले नेपालमा पशुपन्छी तथा मत्स्य क्षेत्रमा देखिने महामारीजन्य रोग नियन्त्रण गर्ने उद्देश्यले विधेयक ल्याइएको बताइन् ।

प्रस्तावमाथिको छलफलमा प्रेमप्रसाद दंगाल, युवराज शर्मा, मदनकुमारी शाह (गरिमा), नारायणदत्त मिश्र, रुक्मिणी कोइराला, विष्णुकुमारी सापकोटा, श्रीकृष्णप्रसाद अधिकारी, बासुदेव घिमिरे, भुवनबहादुर सुनुवार र धर्मेन्द्र पासवानले भाग लिएका थिए ।

बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरे ।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ सभासमक्ष प्रस्तुत गरे । राष्ट्रिय सभाको अर्को बैठक यही साउन २८ गते बिहीबार दिउँसो १ः१५ बजे हुने छ ।

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ श्रावण २७, १६: ४९

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ श्रावण २७, १६: ४९

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ श्रावण २७, १६: ४९

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...