पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ ।

प्रहरीले पत्रकार श्रेष्ठलाई बुधबार राति ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट पक्राउ गरेपछि सर्वत्र विरोध भएको हो ।

प्रहरीले उनलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेको छ ।

यसैक्रममा नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी परिसरका काठमाडौं अगाडि धर्ना दिएको छ ।

महासंघले बिहीबार श्रेष्ठको रिहाइको माग गर्दै प्रहरी परिसर अगाडी धर्ना दिएको हो ।

महासंघको नेतृत्वमा पत्रकारहरुले काठमाडौं प्रहरी परिसर अगाडी धर्ना दिएका हुन् । उनीहरूले परिसर अगाडि नाराबाजी गर्दै श्रेष्ठको तत्काल रिहाइको माग गरेका छन् ।

धर्नामा सहभागीहरुले ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहाइ गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

महासंघले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ ।

समाचारमा चित्त नबुझे कानूनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासंघले आग्रह गरेको छ ।

पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने महासंघको भनाइ छ । पत्रकारलाई निर्भीक रूपमा समाचार लेख्ने र प्रकाशित गर्ने वातावरण बनाउन महासंघले माग गरेको छ ।

May be an image of ‎ticket stub and ‎text that says "‎नेपानसीच गृदमळ्बालय जिल्ली जिल्स्भाद्सनद्ष्करिस प्रहसे परिसर (अपराध अनुसन्धानतथा कारवाही शाखा) पत्र संख्या ૦૮੩૦૮૪ اف،لماره_جاه የይለትግርቅያን प्रा.प.सं.: च.नं. 2869 विषय:- स्याकप: भद्रकाली काठमाडाँ। मिति :90430c강 गने| ने.स.११४६ थनुवा पर्जी दिईएको श्रीकिशोर श्रीकिशोरश्रेछवर्ष44| ।बर्ष५५| रश्रेष्ठ ठेगाना:- जिल्ला ललितपुर,ललितपुर महानगरपालिका वडा नं.३ झम्सीखेल बस्ने| तपाईलाई दिपिका सिंहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपाई भएको वैयक्तिक गोपनियता सम्बन्धी कसूर मुद्दामा प्रहरी हिरासतमा राखलु पर्ने भएकोले आजैका मिति देखी प्रहरी हिरासतमा राखी यो धूनुवा पुर्जी दिईएको छ। अनुसन्धान अधिकारी सही: ራሉ नाम लोक कृष्ण दाहाल सत दर्जा प्रहरी निरीकषक कार्यालय :-जिल्ला प्रहरी परिसर काठमा्डॉ मिति:-૨०८३०ા२७ गते| S Scanned with CamScanner‎"‎‎

May be an image of ticket stub and text

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ श्रावण २८, ११: ४४

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ श्रावण २८, ११: ४४

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ श्रावण २८, ११: ४४

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...