
काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधानसेनापति अशोकराज सिग्देलबीच शिष्टाचार भेट भएको छ । सोमबार जङ्गी अड्डामा उनीहरूबीच शिष्टाचार भेटघाट भएको हो ।
प्रधानसेनापति सिग्देलको निमन्त्रणामा पाँचदिने भ्रमणका लागि सेठ नेपाल आएका हुन् । यो भ्रमणमा उनलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिने कार्यक्रमसमेत रहेको छ ।
सेठले गत जुन ३० मा भारतीय स्थल सेना प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।
नेपाल–भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरतास्वरूप नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ ।
काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्यो । कतिपय बाढीमा...
काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...
काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...