बाढीपीडितको उद्धार र राहतमा जुट्न नेपाली कांग्रेस नुवाकोटको अपिल – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

बाढीपीडितको उद्धार र राहतमा जुट्न नेपाली कांग्रेस नुवाकोटको अपिल

नुवाकोट : भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण नुवाकोट, रसुवा र धादिङ जिल्लामा ठुलो धनजनको क्षति भएको छ । बाढीका कारण हजारौँ नागरिकहरू हताहत र हजारौँको सङ्ख्यामा बेपत्ता भएको भन्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटले दुःख व्यक्त गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटको भदौ ११ गते बसेको आकस्मिक बैठकले अकल्पनीय र दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न निर्णयहरू गरेको छ ।

बैठक पश्चात् नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महतले एक विज्ञप्ति जारी गरेर कांग्रेसले यस दुःखद घटनामा ज्यान गुमाउनेहरू प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

यसका साथै, बाढीमा परी बेपत्ता भएका हजारौँ नागरिकहरूको तत्काल खोजतलास तथा उद्धार कार्यका लागि नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरूलाई आग्रह गरिएको छ ।

नेपाली कांग्रेस नुवाकोटले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत कार्यमा पूर्ण रूपमा सक्रियताका साथ जुट्न आफ्ना मातहतका सम्पूर्ण कार्यसमिति, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र स्थानीय जनप्रतिनिधिहरूलाई हार्दिक अपिल गरेको छ ।

साथै, यस विपद्को घडीमा सिर्जना हुन सक्ने जुनसुकै असहज परिस्थितिमा पार्टीको उल्लेखित संयन्त्रमा जानकारी गराउन समेत पार्टीले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ भाद्र १२, १५: २३

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ भाद्र १२, १५: २३

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ भाद्र १२, १५: २३

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...